नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

झापामा धान काट्ने मेशिन र माेटरसाइकल ठाेक्किँदा २ जनाकाे ज्यान गयाे

काठमाण्डाै – झापामा धान काट्ने मेशिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बाह्रदशी गाउँपालिका वडा नम्बर ५ खटखटी टोलमा रहेको चारपाने–राजगढ भित्री सडक खण्डमा विपरीत दिशामा गुडिरहेका मेशिन र मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा बाह्रदशी–३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ का १७ वर्षीय अशोक राजवंशीको ज्यान गएको हो ।

दुर्घटनापछि धान काट्ने मेशिनका चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज