नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

बाजुरामा कांग्रेसका पाण्डे एमालेका थापाभन्दा १ हजार २६९ मतले अगाडि

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मतगणना चलिरहेको छ ।

पछिल्लो विवरण अनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका बद्रि पाण्डे अगाडि हुनुहुन्छ ।

कांग्रेसका पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याउनुभएको छ ।

पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ । बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो ।

प्रकाशित मिति: