स्याङ्जा-२ : कांग्रेसका धनराज गुरुङ विजयी, एमालेकी अर्याल ५ हजार ६२७ मतान्तरले पराजित
स्याङ्जा - प्रतिनिधि सभातर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित हुनुभएकाे छ । उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्नुभएकाे हाे।
गुरुङले ३१ हजार ४ सय ६६ मत पाउनु भएकाे छ भने एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत पाउनु भएकाे छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनु भएकाे छ । यस निर्वाचन क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेकाे थियाे । स्याङ्जा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।
प्रकाशित मिति:
2079-08-17
साताको लोकप्रिय