दाेलखा : माओवादीका गङ्गा कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीकाे अग्रता
दोलखा - दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीलाई करिब १ हजार ५ सय ३ मतले पछि पार्दै शिवाकोटीले अग्रता लिनुभएको हो । अहिलेसम्मको मतगणनामा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका कार्कीले १४ हजार ७१५ मत प्राप्त गर्नुभएको छ ।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेकाे थियाे । यहाँ कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए । दाेलखामा राजनीतिक दलका १४ र सात जना स्वतन्त्र उम्मेदवार गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी छन् ।
प्रकाशित मिति:
2079-08-18
साताको लोकप्रिय