दोलखामा फेरि एमालेको अग्रता
काठमाण्डाै - प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।
हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिनुभएको थियो । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणामअनुसार शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०९ मत आएको छ ।
एमालेका शिवाकोटी ३० मतले अगाडि हुनुहुन्छ ।
प्रकाशित मिति:
2079-08-19
साताको लोकप्रिय