नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

आँधीखोलामा डुबेर एक जनाकाे ज्यान गयो

स्याङजा – स्याङ्जाको आँधीखोलामा डुबेर एक किशाेरको ज्यान गएको छ । वालिङ-८ मा रहेकाे आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर वालिङ ८ कै १६ वर्षका कुशल भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । 

साथीहरुसँग पौडी खेल्न गएका भुसाल डुबेको जानकारी आए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोली तथा स्थानीयहरुको सहयोगमा शव निकालेको उहाँको भनाइ छ । मृतक भुसालको शवलाई पोष्टमार्टमका लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । 
 

प्रकाशित मिति:
थप समाज