नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

स्याङ्जा - स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । 

वालिङ नगरपालिका-६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएकाे हाे । 

माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा वालिङ-६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका-१० का ३७  वर्षीय दिपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिकाका २० वर्षीय अनिल चौधरी र कन्चनपुर बेलौरी नगरपालिका-६ का ६० वर्षका बलदेव राना रहेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 
 

प्रकाशित मिति:
थप समाज