नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको ज्यान गयो

स्याङजा – स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको ज्यान गएको छ । वालिङबाट खहरेका लागि छुटेको लु १ ह ३६८६ नम्वरको अटो रिक्सा शनिवार साँझ दुुर्घटना भएको हो । अटो अनियन्त्रित भइ सडकमा नै दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारका ओम बहादुर लम्साल क्षेत्रीको १६ महिनाकी छोरी कायरा क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कायराको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको सूचना अधिकारी लामाले बताउनु भयो ।

अटोमा चार जना चढेको तथा अन्य सबै यात्रु सकशुल रहेको प्रहरीको भनाइ छ । अटो र अटो चालक प्रहरीको नियन्यत्रणमा रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज