मन लामा

प्रश्नः मेरो श्रम स्वीकृतिको अवधि ६ महिनाको छ । म विदेश जान मिल्छ कि मिल्दैन होला ।


 

उत्तरः मन लामा जी, तपाईँ पहिलेकै कम्पनीमा जान लाग्नुभएको हो कि नयाँ भने खुलाउनु भएको छैन । हामीले तपाईँको जिज्ञाशा श्रम कार्यालय ताहचलका निर्देशक सुरेश जोशीसँग राखेका थियौं । उहाँका अनुसार, तपाईँ पहिलेकै कम्पनीमा जान लाग्नुभएको हो भने जान मिल्छ । पहिलेकै कम्पनीमा जान कम्तीमा तीन महिनाको श्रम अवधि हुन्दा जान पाइन्छ । तर अर्को कम्पनीमा जाने हो भने जति नै अवधि बाँकी भए पनि नयाँ श्रम स्वीकृति लिन पर्छ ।