गोबिन्द घिमीरे / मलेसिया

प्रश्नः म कोठामा बसेको पनि आज तीन महिना भन्दा माथि भयो  र मेरो भिसा पनि सकिएको छ । म घर फर्किन तयार बसेको थिए तर लकडाउन भयो अनि नेपाल आउन सकिन । दूतावासमा पनि नाम निस्किएको हो अनि मैले मेरो कम्पनीलाई जानकारी गराए । कम्पनीले टिकट धेरै महंगो भयो भन्यो । अनि मैले मेरो पासपोर्ट दिनु म घरबाट पैसा मगाएर जान्छु भनेको तर पासपोर्ट दिएन । यो कुरा मैले दूतावासलाई भने । राजदूतले हामीले केही गर्न सक्दैनाै भन्नुभयो । अब म नेपाल आउने कसरी हो ?


 

उत्तरः अहिलेको अवस्थामा परदेशमा परेका हरेक समस्याको समाधान गर्ने भनेको दूतावासमार्फत नै हो । किनभने गन्तव्य देशमा श्रमिकका समस्या समाधानका लागि रहेको आधिकारीक निकाय दूतावास नै हो । दूतावासले नै सक्दैनौं किन भनेको हो भनेर खुलाउनुभएको छैन । त्यसैले हाम्रो सुझाव, अहिले श्रम मन्त्रालय अन्तर्गत कल सेन्टरमार्फत पनि श्रमिकको गुनासो सुन्ने र सम्बोधन गर्ने काम भइरहेको छ । त्यसैले एक पटक कल सेन्टरमा फोन गरेर आफ्नो समस्या राख्नुहोस् । मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर प्रश्न सोध्न सक्नुहुन्छ ।