रवि अधिकारी

प्रश्नः मेरो श्रम स्वीकृतिको म्याद सकिएको छ । अब मैले फेरी श्रम स्वीकृति लिनु पर्छ ?


 

उत्तरः तपाईँको श्रम सकिएको छ भने पुनः श्रम स्वीकृति लिन पर्छ । अहिले सरकारले पुनः श्रम स्वीकृति दिइरहेको छ । तपाईँलाई कम्पनीले बोलाइरहेको छ र तपाईँ जाने देशले प्रवेशमा अनुमति दिन्छ भने पुनः श्रम स्वीकृति काठमाण्डौमा रहेको ताहाचल कार्यालयसँगै अन्य प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ ।