चुदराज थापा

प्रश्नः म अहिले नेपालमा काम गरिरहेको छु तर म जापान जान इच्छुक छु। कोरियाले जस्तैगरी जापानले पनि नेपाली कामदार लैजाने कुरा सुनिरहेको छु। के यो साँचो हो ? जानकारी पाए आभारी हुने थिए ?


 

उत्तरः चुदराज जी, तपाईँले सुन्नुभएको कुरा ठीक हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपालका लागि जापानका राजदूतसँगको भेटमा कोरिया कामदार पठाउने मोडलमा नै जापानमा पनि कामदार पठाउने प्रस्ताव राख्नुभएको थियो। जापानका राजदूतले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको थियो। तर अहिलेलाई यस विषयमा कुनै पनि प्रक्रिया अघि बढेको छैन।