गण्डकी प्रदेश(राष्ट्रिय स्वतन्त्र पार्टी)

घोषणा पत्र

२०७९ सालको असारमा पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । पार्टीको अध्यक्ष पनि लामिछाने आफैं हुनुहुन्छ । देशमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन भन्दै आफूहरु नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएको यो पार्टीको भनाइ छ ।
 यस्तै नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँड्ने यो पार्टीको प्रतिबद्धता छ । यो पार्टीले पहिलोपटक चुनावमा प्रतिस्पर्धा गरेको छ । 
यो पार्टीले आफ्नो वाचापत्रमा संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ । त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने र राष्ट्रपति चुनिनको लागि कुनै पनि राजनीतिक दलमा नलागेको र १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने पार्टीको एजेन्डा छ ।

थप