योगेश कुमार भट्टराई

प्रतिनिधिसभा सदस्य
ताप्लेजुङ

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५६
प्राप्त मत
२१९४३
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

योगेश भट्टराई
२०६४ र ०७० सालको पहिलो र दोस्रो संविधानसभा चुनावमा काठमाण्डौबाट पराजित भएका नेकपा एमालेका युवा नेता योगेश भट्टराई २०७४ सालमा भने आफ्नै जन्मथलो ताप्लेजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा विजयी हुनुभयो । 
२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँगुमा भीमलाल भट्टराई र महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ ।
वाममन्थी पारिवारिक पृष्ठभूमि र झापा विद्रोहको प्रभावले राजनीतिमा प्रवेश गरेका भट्टराईको राजनीति एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुबाट सुरु भएको हो । २०३७ सालमा अनेरास्ववियुको विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटी रहेर काम गरेका भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी, केन्द्रीय सदस्य हुँदै अहिले सचिव हुनुहुन्छ । उहाँ पूर्व मन्त्रीसमेत हुनुहुन्छ ,