वसन्त कुमार नेम्वाङ्ग

प्रतिनिधिसभा सदस्य
पाँचथर

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
३२१३५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

वि.स.२०१८ साल चैत ८ गते फिदिम नगरपालिका –१ पाँचथरमा जन्मिएका वसन्तकुमार नेम्वाङ्गले माध्यमिक तहको पढाइ फिदिम मावि, फिदिमबाटै गर्नुभयो । त्यसपछि नेपाल ल क्याम्पसमा पढेका नेम्वाङ्गले बीएल पास गर्नुभएको छ । वि.स. २०३६ सालमा अखिलको पाचौं सम्मेलनबाट सदस्य भएका नेम्वाङ्ग, सांस्कृतिक उपसमितीको संयोजक पनि बन्नुभयो । २०४७ सालमा पार्टीको सङगठित सदस्यता लिएका उहाँले त्यसपछि निरन्तर जिल्लाको पार्टीले सङगठनमा रहेर काम गर्नुभयो ।

२०४८ सालको चुनावमा पाँचथर एकबाट निर्वाचित भएका उहाँ २०५१ मा पराजित हुनुभयो । २०५६ सालको चुनावमा भने उहाँ विजयी हुनुभयो । पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनेका नेम्वाङ्ग ओलीकाे कार्यकालमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री पनि बन्नुभएकाे थियाे । उहाँले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उहाँको प्रशासन सल्लाहकार भएर पनि काम गर्नुभएको थियो ।