विश्व प्रकाश शर्मा

प्रतिनिधिसभा सदस्य
झापा-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५२
प्राप्त मत
३९६२४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जन्म २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा भएको हो । उहाँको बुबाको नाम परशुराम भण्डारी र आमाको नाम सावित्रा शर्मा भण्डारी हो । उहाँका १ छोरा १ छोरी छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ । २०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापति भएका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा ९ महिना हिरासतमा बस्नु भएको थियो ।


२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका विश्वप्रकाश त्यसको १० वर्षपछि २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति हुनुभएको थियो । २०५८ सालमा पहिलो पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका शर्मा २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट उहाँ महामन्त्रीको रुपमा निर्वाचित हुनुभयो ।


शर्मा २०७० सालको संविधानसभा चुनावमा झापा १ बाट नेकपा एमालेका रविन कोइरालासँग पराजित हुनु भएको थियो । त्यस्तै २०७४ सालको चुनावमा माओवादीका राम कार्कीसँग पराजित हुनु भएको थियो ।