खगेन्द्र अधिकारी

प्रतिनिधिसभा सदस्य
झापा-५

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४८
प्राप्त मत
२३७४३
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
प्राणीशास्त्रमा विद्यावारिधी

डा .खगेन्द्र अधिकारीको जन्म २०३१ सालमा गौरादह ५, झापामा भएको हो । त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका डा. अधिकारीले टिकट पाउने निश्चित भएलगत्तै कलेजमा राजीनामा बुझाएर राजनीतिमा आउनु भएको हो ।

साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर उहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिस्पर्धी बन्दै झापा ५ बाट उम्मेदवार बन्नु भएको हो । अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधी गर्नु भएको छ ।

उहाँले कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि नै सुरु गर्नु भएको हो । झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै राजनीति सुरु गरेका अधिकारी २०५७ सालदेखि प्राध्यापन पेशामा हुनुहुन्थ्यो ।

२०५७ सालमा उहाँ त्रिचन्द्र क्याम्पसमा प्रजातान्त्रिक प्राध्यापक संघको सचिव समेत हुनुभयो । यसअघि अधिकारी कांग्रेसको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य समेत बन्नु भएको थियो । विसं २०७४ सालको संसदीय चुनावमा उहाँ झापाको क्षेत्र नम्बर ५ बाट पराजित हुनु भएको थियो ।