घनश्याम खतीवडा

प्रतिनिधिसभा सदस्य
मोरङ-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
२६८६७
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेकपा एमाले मोरङको क्षेत्रीय सल्लाहकार घनश्याम खतिवडाको जन्म वि.स. २०१८ साल कात्तिक १२ गते ताप्लेजुङको नाङ्खोल्याङ ३ मा भएको हो । ईन्द्रप्रसाद र कृष्णमायाका छोरा घनश्याम खतिवडा अर्थशास्त्रमा स्नातक हुनुहुन्छ । २०३३ सालमा तत्कालीन कोअर्डिनेशन केन्द्रको बाल रेडगार्डबाट राजनीति थालेका खतिवडा २०३७ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थीको संगठन अनेरास्ववियू पाँचौको जिल्ला सदस्य र २०४४ सालमा नेकपा मालेको जिल्ला सदस्य हुनुभयो । 

बहुदलीय व्यवस्थाको स्थापनापछि पार्टी एकता भएर नेकपा एमाले हुँदा पनि उहाँ जिल्ला कमिटी सदस्य हुनुभयो । २४ वर्ष जिल्ला कमिटीमा बसेर काम गरेका खतिवडा २०६८ सालदेखि नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद र अञ्चल कमिटी सदस्य हुनुभयो ।

पञ्चायतकालमा पटक–पटक गरी एक वर्ष चार महिना जेल बसेका खतिवडा पञ्चायतका लागि जनपक्षीय उम्मेदवार भएर प्रधानपञ्चमा पराजित हुनुभएको थियो । त्यतिबेला उहाँ १९ भोटले चुनावमा पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा मोरङ क्षेत्र नं ९ बाट उहाँ पराजित हुनु भएको थियो । तर २०७४ काे प्रतिनिधि सभाकाे चुनावमा भने उहाँ माेरङ १ बाट विजयी हुनुभएकाे थियाे ।