डिग बहादुर लिम्वु

प्रतिनिधिसभा सदस्य
मोरङ-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५९
प्राप्त मत
२७२९७
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूको जन्म २०२० साल भदौ २२ गते सिंहदेवीमा भएको हो । उहाँ हंसानुमा लिम्बू र प्रेमबहादुर लिम्बूका छोरा हुनुहुन्छ । लिम्बू वाम राजनीति छोडेर कांग्रेसमा होमिनुभएको हो ।

२०३६ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति थालेका लिम्बू त्यसको ६ वर्षपछि २०४३ सालमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । शान्ति भगवती उच्चमावि लेटाङबाट एसएलसी गरेका लिम्बूले रिचमण्ड एकेडेमी काठमाण्डौबाट आइए र त्रिभुवन विश्वविद्यालयबाट बिए अध्ययन गर्नुभएको छ । 

बहुदलवादी पार्टीबाट २०३३ सालमा राजनीतिमा लागेका डिगबहादुरले २०४२ सालमा कांग्रेसको सदस्यता लिनु भएको थियो । उहाँ २०४७ सालमा नेपाल शिक्षक संघ मोरङको संस्थापक सदस्य, २०५२ देखि २०५८ सालसम्म कांग्रेसको क्षेत्रीय सभापति हुनुभएको थियो । कांग्रेस पार्टी फुटेपछि २०६२ सालदेखि २०६७ सालसम्म प्रजातान्त्रिक कांग्रेसको मोरङ सभापति भएका लिम्बू पार्टी एकीकरणपछि सहसभापति हुनु भएको थियो ।

२०६१ सालमा सामुदायिक वन उपभोक्ता महासंघ मोरङको जिल्ला अध्यक्ष भएका लिम्बू २०५७ देखि २०६५ सालसम्म शान्ति भगवती उमावि व्यवस्थापन समितिको अध्यक्ष र २०६४ सालदेखि २०६८ सालसम्म लेटाङ बहुमुखी क्याम्पसको अध्यक्ष भएर काम गर्नुभयो ।

२०६४ सालको चुनावमा मोरङ क्षेत्र नं १ बाट पराजित डिकबहादुर २०७० सालको चुनावमा भने विजयी हुनु भएको थियो । २०७४ सालको चुनावमा उहाँ त्यसै क्षेत्रबाट पराजित हुनु भएको हो ।
२०७२ साल माघ २६ गते उहाँ नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।