शुनिल कुमार शर्मा

प्रतिनिधिसभा सदस्य
मोरङ-३

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४४
प्राप्त मत
४८६३१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता डा सुनिल शर्माको जन्म झापाको दुम्सेमा २०३४ सालको पुस २२ गते भएको हो । काठमाडौंको शिक्षण अस्पताल महाराजगंजबाट ल्याव टेक्निसियन गरेका शर्माले सिनस्याङ मेडिकल कलेज चीनबाट एमबिबिएस गर्नु भएको छ ।
२०५६ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएर राजनीति सुरु गरेका शर्मा २०७० सालमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा विजयी हुनुभएको थियो । उहाँ १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यका रुपमा विजयी हुनु भएको हो । उहाँ नोबेल मेडिकल कलेज, काठमाण्डौ मेडिकल कलेज तथा नेपालगन्ज मेडिकल कलेजको संचालक पनि हुनुहुन्छ । 
२०७४ सालको चुनावमा उहाँ मोरङ क्षेत्र नम्बर ३ बाट पराजित हुनुभएको थियो ।