सिताराम महतो

प्रतिनिधिसभा सदस्य
सुनसरी-२

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६७
प्राप्त मत
२६०६८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता सिताराम महतो २०७० सालको चुनावमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनु भएको थियो । निर्वाचन क्षेत्र हेरफेर भएसँगै  २०७४ सालको संसदीय चुनावमा उहाँले विजय हासिल गर्नु भएको थियो ।

२०७३ सालमा यातायात राज्यमन्त्री भएका मेहेताको जन्म २०१० सालमा सुनसरीको इनरुवामा भएको हो । १८ वर्षको उमेरमै उहाँ राजनीतिमा लाग्नु भएको हो । इनरुवा जेसिसको संस्थापकसमेत रहेका सिताराम २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रीय हुनु भएको थियो ।

२०३१ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति भएका सिताराम २०३५ सालदेखि भने नेपाली कांग्रेस सुनसरीको सदस्य बन्नुभयो । २०४९ सालमा भएको स्थानीय चुनावमा उहाँ इनरुवा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकातर्फवाट विजयी हुनु भएको थियो ।

तर २०५४ सालमा भएको स्थानीय चुनावमा पार्टीले मेयरको टिकट दिएपनि उहाँ पराजित हुनुभयो । नेपाली कांग्रेस प्रजातान्त्रिकको सुनसरी सभापति बनेका मेहता पार्टी एकीकरणसँगै जिल्ला सहसभापति हुनु भएको थियो । सितारामले एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको छ । भगवती मावि इनरुवाबाट उहाँले एसएलसी दिनुभएको हो । हालको बसोबास उहाँको इनरुवा नगरपालिकामा छ ।