विशाल भट्टराई

प्रतिनिधिसभा सदस्य
खोटाङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५३
प्राप्त मत
२८६८२
लिङ्ग
पुरुष
हालको पद
पोलिटब्युरो सदस्य
शैक्षिक योग्यता
स्नातक

एमाले नेता विशाल भट्टराईको जन्म २०२५ साल चैत्र २२ गते खोटाङबजार – ६ मा भएको हो । भट्टराईले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।


२०३८ सालमा खोटाङको भगवती माविमा अखिलको सदस्य भएर उहाँले राजनीति सुरु गर्नुभएको हो । उहाँ रत्नराज्य र महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । भट्टराईले अनेरास्ववियुको केन्द्रीय प्रचार प्रमुख भएर पनि काम गर्नुभएको थियो । उहाँ नेकपा एमाले जिल्ला कमिटि सदस्य, उपसचिव, सचिव, अध्यक्ष हुँदै पोलिटब्युरो सदस्य हुनुहुन्छ । उहाँ तत्कालीन विद्रोही नेकपा माओवादीद्वारा ४६ दिन अपहरणमा समेत पर्नुभएको थियो ।


२०५६ सालको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका शिवकुमार बस्नेतसँग खोटाङ क्षेत्र नम्बर २ मा पराजित भट्टराई २०६४ सालमा भएको संविधानसभा चुनावमा तत्कालीन माओवादीका उम्मेदवार समिता कार्कीसँग पराजित हुनुभयो । २०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने उहाँ त्यही क्षेत्रबाट विजयी हुनुभयो । २०७४ को चुनावमा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको भट्टराई एमाले संसदीय दलको प्रमुख सचेतकसमेत हुनुहुन्थ्यो ।