डा. नारायण खड्का

प्रतिनिधिसभा सदस्य
उदयपुर-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७३
प्राप्त मत
३१२७०
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
अर्थशास्त्रमा विद्यावारिधी

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । उहाँका बुबाको नाम चित्रबहादुर खड्का र आमाको नाम धर्मकुमारी खड्का हो । २०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका खड्काले अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधी (पीएचडी) गर्नुभएको छ ।


राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएका खड्काले नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उहाँको सल्लाहकारका रुपमा काम गर्नुभएको थियो । 
२०६४ सालको पहिलो संविधानसभा तथा २०७० सालको संविधान सभा चुनावमा उदयपुर क्षेत्र नम्बर १ बाट खड्का विजयी हुनु भएका थियो । २०७४ सालको संसदीय चुनावमासमेत उहाँ यसै क्षेत्रबाट विजयी हुनुभयोे । यस पटक उहाँको प्रतिस्पर्धीमा एमालेकी मञ्जु चौधरी हुनुुहुन्छ ।