उपेन्द्र यादव

प्रतिनिधिसभा सदस्य
सप्तरी-२

जनता समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६१
प्राप्त मत
१६९७९
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, जनता समाजवादी पार्टी (जसपा)
शैक्षिक योग्यता
विज्ञान संकायमा स्नातकोत्तर र कानून विषयमा स्नातक

संघीय समाजवादी फोरम नेपालका पूर्व अध्यक्ष एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको जन्म २०१६ साल पुष २५ गते सप्तरी जिल्लाको भागवतपुरमा भएको हो ।
यादवले विज्ञान संकायमा स्नातकोत्तर र कानून विषयमा स्नातक गर्नु भएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका यादव २०३२ सालमा पार्टीमा सक्रिय हुनुभएको थियो ।


२०३२ सालदेखि २०३५ सालसम्म भूमिगत रहेका यादव २०४० र २०४२ सालदेखि २०४४ सालसम्म निर्वासनमा बस्नुभयो । उहाँ २०६४ सालको संविधानसभा चुनावमा सुनसरी क्षेत्र नम्बर ५ र मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो । सुनसरीमा उहाँले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्नुभएको थियो ।


यादव पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री हुनुभयो । दलमा यादव समुदायको व्यक्तिलाई मात्र अवसर दिएको उहाँमाथि बारम्बार आरोप लाग्ने गरेको छ । 
नेकपा एमालेबाट केही समय राजनीति गरेका यादव पछि तत्कालीन नेकपा माओवादीको सम्पर्कमा पुग्नु भएको थियो । तर, मधेश र मधेशी समुदायका बारेमा काम गर्नेगरी गैर सरकारी संस्थाका रुपमा मधेसी जनअधिकार फोरम गठन गर्नुभएको थियो । मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न सफल भएपछि त्यस संस्थालाई राजनीतिक स्वरुप दिइएको हो । मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीबीच एकीकरण भएपछि यादवकै अध्यक्षतामा संघीय समाजवादी फोरम गठन भएको हो ।


उहाँ २०७४ सालको चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो ।