नारायण प्रसाद खतिवडा

प्रतिनिधिसभा सदस्य
नुवाकोट-२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६५
प्राप्त मत
१५५६१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

२०१४ साल जेठ २८ गते नुवाकोटको तारुकामा जन्मिएका खतिवडा नेकपा एमाले नुवाकोटको अध्यक्ष हुनुहुन्छ । २०३३ सालमा भारतमा मोदनाथ प्रश्रितले चलाएको नेपाली प्रगतिशिल अध्ययन मण्डलबाट उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।
२०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा नुवाकोट क्षेत्र नम्बर ३ बाट पराजित नारायणप्रसाद खतिवडा २०७४ सालमा भएको संसदीय चुनावमा भने क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो । 


खतिवडा नुवाकोटमा तत्कालीन नेकपा मालेका संस्थापक तीन नेतामध्येका एक हुनुहुन्छ । विभिन्न विद्यालयको व्यवस्थापन समिति तथा सामाजिक संस्थामा काम गरिसक्नुभएका खतिवडा २०५४ सालमा जिविस उपसभापतिमा निर्वाचित हुनुभएको थियो ।
यस्तै २०५९ सालमा एक वर्ष जिविसको कार्यवाहक सभापति भएर पनि उहाँले काम गर्नुभयो । लामो समय शिक्षण पेशामा आबद्ध खतिवडा शिक्षक आन्दोलन र २०६२/०६३ को जनआन्दोलनमा पनि जेल पर्नुभएको थियो ।