भिमसेन दास प्रधान

प्रतिनिधिसभा सदस्य
काठमाडौं-६

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६९
प्राप्त मत
८८१२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

भीमसेनदास प्रधानको जन्म विसं २०१५ साल साउन २ गते काठमाण्डौको ज्याठामा भएको हो । प्रधानले रसायनशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । उहाँ २०२८ देखि राजनीतिमा प्रवेश गर्नुभएको हो ।

उहाँ २०५६ सालमा पार्टी जिल्ला सदस्य, २०५७ सालमा जिल्ला सचिव र २०५९ सालमा जिल्ला उपसभापति बन्नुभयो । उहाँ संविधानसभाको पहिलो चुनावमा पराजित र दोस्रोमा विजयी हुनुभएको थियो ।

पार्टीको १२ औँ महाधिवेशनमा उहाँ काठमाण्डौ कांग्रेसको सभापति बन्नुभयो । उहाँ २०५५ सालमा प्राध्यापक संघको अध्यक्ष पनि बन्नुभएको थियो। उहाँले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्नुभएको थियो ।