महेश बस्नेत

प्रतिनिधिसभा सदस्य
भक्तपुर-२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४७
प्राप्त मत
२३२८२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
कानुनमा स्नातक

एमाले नेता महेश बस्नेतको जन्म २०३१ सालको माघ १० गते सूर्यविनायक नगरपालिका –७, गुण्डुमा भएको हो । २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य भएका बस्नेत २०५४ सालमा युवा संघको जिल्ला अध्यक्ष र नेकपा एमालेको जिल्ला सदस्य हुनुभयो । २०५६ सालमा युवा संघको केन्द्रीय सदस्य, २०६३ सालमा केन्द्रीय कोषाध्यक्ष हुदै उहाँ २०६५ सालमा युथ फोर्सको प्रमुख हुनुभयो । २०५० सालमा गुण्डु गाविस –४, को वडाअध्यक्ष भएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा देशकै कान्छो गाविस अध्यक्ष भएर काम गर्नुभयो । २०७२ सालमा उहाँ उद्योगमन्त्री हुनुभयो । उहाँले कानुनमा स्नातक गर्नु भएको छ । बस्नेतले ‘म महेश’ नामक आत्मकथा पनि लेख्नुभएको छ ।