महालक्ष्मी उपाध्याय(डिना)

प्रतिनिधिसभा सदस्य
मकवानपुर-१

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५८
प्राप्त मत
२५४६४
लिङ्ग
महिला
हालको पद
सहमहामन्त्री, नेपाली कांग्रेस
शैक्षिक योग्यता
ग्रामिण विकास विषयमा स्नातकोत्तर

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २०७८ बाट सहमहामन्त्री पदमा निर्वाचित महालक्ष्मी उपाध्याय (डिना) को जन्म २०२१ सालको असोजमा चितवनको चैनपुरमा भएको हो । उहाँले एसएलसीसम्मको शिक्षा पद्मकन्या मावि लैनचौर काठमाडौंबाट हासिल गर्नुभएको हो । उहाँले पद्मकन्या बहुमुखी क्याम्पसबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ ।
२०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य भएर राजनीति सुरु गरेकी डिना उपाध्याय २०६४ सालमा र २०७० सालमा समानुपातिक प्रणालीबाट सांसद बन्नुभएको थियो । उहाँ २०६४ सालमा जलश्रोत राज्यमन्त्री बन्नुभएको थियो ।
२०४८ तथा २०५१ सालमा मकवानपुर २ बाट संसदीय निर्वाचनमा उम्मेदवार बने पनि उहाँ पराजित हुनुभयो । त्यस्तै २०७४ सालको संघीय संसदको चुनावमा पनि उहाँ पराजित हुनुभएको थियो ।