रबि लामिछाने

प्रतिनिधिसभा सदस्य
चितवन-२

(विजयी)

राष्ट्रिय स्वतन्त्र पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४७
प्राप्त मत
४९३००
लिङ्ग
पुरुष
हालको पद
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी
शैक्षिक योग्यता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि टेलिभिजन प्रस्तोता हुनुहुन्थ्यो । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उहाँले विश्व रेकर्ड कायम गर्नु भएको छ । 
न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर चर्चामा आएका लामिछाने पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाउनुहुन्थ्यो ।
विसं २०७६ भाद्र महिनामा आफ्ना सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या पश्चात् उनले रेकर्ड गरेको भिडियोको आधारमा रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो । पछि यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदालतले आगामी दिनमा मुद्दाको बारेमा अन्तर्वार्ता नगर्ने शर्तमा पाँच लाख धरौटीमा रिहा गरेको थियो ।
उहाँ पहिलोपटक उम्मेदवार बन्नुभएको छ ।