विक्रम पाण्डे

प्रतिनिधिसभा सदस्य
चितवन-३

(विजयी)

राष्ट्रिय प्रजातन्त्र पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६९
प्राप्त मत
३५०६०
लिङ्ग
पुरुष
हालको पद
उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक
शैक्षिक योग्यता

२०१० साल वैशाख १२ गते लमजुङको राइनसमा जन्मेका विक्रम पाण्डे चन्द्रराज र जीवकुमारी पाण्डेका छोरा हुनुहुन्छ । विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष हुनुहुन्छ । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म हुनुभएको हो । राप्रपाका तीन पटक केन्द्रीय सदस्य भएका पाण्डे सह–महामन्त्री र ०७० सालमा महामन्त्री बन्नुभयो ।

पाण्डेले सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गर्नुभयो । पाण्डे तेस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघि २०५६ र ०६४ सालमा चितवन क्षेत्र नम्बर ५ बाट चुनाव लडेका पाण्डे पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा भने विक्रम पाण्डे चितवन क्षेत्र नम्बर १० हजार ७ सय ७५ मत ल्याएर विजयी हुनुभएको थियो । पाण्डे २०७३ सालमा भूमीसुधारमन्त्री बन्नुभएको थियो । उहाँ २०७४ सालमा वनमन्त्री हुनुभएको छ । पाण्डे निर्माण व्यवसायी र सञ्चार उद्यमी पनि हुनुहुन्छ ।