दिनेश कोइराला

प्रतिनिधिसभा सदस्य
चितवन-३

स्वतन्त्र

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५१
प्राप्त मत
१२२७५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन–३ बाट बागी उम्मेदवारी दिनुभएको हो । यसअघि २०७९ मा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका उहाँको माओवादीसँगको गठबन्धनमा पार्टीले उमेदवारी फिर्ता गरेको थियो । त्यही कारण उहाँ पार्टीप्रति रुष्ट हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस लगायत केही दलमा व्यक्तिवाद र परिवारवाद हावी भएको भन्दै उहाँले त्यसलाई अन्त्य गर्न आफूले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेको बताउनुभएको छ । एक थान सांसद्का लागि नभएर राजनीतिमा देखिएको विकृति र विसंगति हटाउनका लागि आफूले उम्मेदवारी दिएको उहाँले बताउँदै आउनुभएको छ ।