पृथ्‍वी सुव्वा गुरुङ

प्रतिनिधिसभा सदस्य
लमजुङ

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
३४९८५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

पृथ्वी सुब्बा गुरुङको जन्म वि.स.२०१४ साल फागुन १ गते लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस–८ टक्सारमा भएको हो । नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ । २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त हुनुभएको थियो । उहाँ नेकपा एमालेका सचिव समेत रहिसक्नुभएको छ ।

विज्ञानमा स्नातक गर्नुभएका गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिनुभएको थियो । सुरुमा शिक्षण पेशामा आबद्ध उहाँ त्यहीँबाट राजनीतिमा लाग्नुभयो । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उहाँ पटक–पटक पञ्चायतकालमै प्रहरी हिरासतमा पनि पर्नुभयो । २०४० मंसिरमा उहाँ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित हुनुभयो । वि.स.२०६२–६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट उहाँ प्रतिनिधि सभामा विजयी हुनुभयो ।

त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बन्नुभयो । गुरुङमाथि अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि लागेको थियो । तर गुरुङ भने यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहनुभयो ।