विद्या भट्टराई

प्रतिनिधिसभा सदस्य
कास्की-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४९
प्राप्त मत
१६९९८
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

कास्कीकी विद्या भट्टराई एमाले नेता स्वर्गीय रवीन्द्र अधिकारीकी श्रीमती हुनुहुन्छ । २०७५ फागुनमा ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको पदमा उपचुनाव हुँदा भट्टराई विजयी हुनुभयो । त्यसअघि यो क्षेत्रमा २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा रवीन्द्र अधिकारीले जित्नुभएको थियो ।

तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसक्नुभएको थियो । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिनुभयो र केही समय आरआर क्याम्पस काठमाडौमा शिक्षण गर्नुभयो । तर रवीन्द्र भट्टराईको निधनपछि राजनीतिमा उहाँको पुनरागमन भयो ।