शंकर भण्डारी

प्रतिनिधिसभा सदस्य
तनहुँ-२

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५४
प्राप्त मत
३०६०४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी २०२५ साल जेठ १० गते तनहुँ पुर्कोटको भण्डारी गाउँमा जन्मिनु भएको हो । दयानिधि र अम्बिका भण्डारीका छोरा शंकर वन तथा भू संरक्षण मन्त्रीसमेत बन्नुभयो । २०७० सालको चुनावमा तनहुँको क्षेत्र नं १ बाट विजयी हुनु भएका भण्डारी २०७४ को चुनावमा भने पराजित हुनुभयो । कांग्रेसको केन्द्रीय सदस्य भण्डारी विद्यालयदेखि नै नेविसंघको राजनीतिमा आवद्ध भए पनि २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय हुनु भएको हो ।
कांग्रेस परिवारमा जन्मिएका भण्डारी ठूलो दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेविसंघको राजनीतिमा प्रवेश गर्नु भएको थियो । २०४० सालमा एसएलसी दिएपछि उच्च शिक्षाका लागि राजधानी गएपछि सरस्वती क्याम्पसमा भर्ना भएका भण्डारीले त्यहाँबाट आफ्नो राजनीतिक यात्रालाई थप गति दिनुभयो । विद्यार्थी हुँदै २०४६ सालको जनआन्दोलनमा उहाँ सक्रिय हुनुभयो ।
२०४६ सालमा गणेशमान सिंहको घरमा पार्र्टी सम्मेलनका लागि मञ्च बनाउँदै गर्दा पक्राउ परेका भण्डारी २९ दिन प्रहरी हिरासतमा बस्नुभयो । बहुदल आएपछि त्रिचन्द्र क्याम्पसमा भर्ना भएका भण्डारी २०४८ सालमा नेविसंघ इकाइ सभापति बन्नुभयो ।
२०४९ सालमा स्ववियू सभापतिमा निर्वाचित भण्डारी २०५३ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । नेपाल तरूण दलको केन्द्रीय सदस्य भएका भण्डारी कांग्रेस विभाजनसँगै प्रजातान्त्रिकतर्फ आबद्ध हुनुभयो । नेपाल तरूण दलको केन्द्रीय अध्यक्षमा प्रतिस्पर्धा गरेका भण्डारी १६ मतले पराजित हुनु भएको थियो ।