गोकर्ण राज विष्‍ट

प्रतिनिधिसभा सदस्य
गुल्मी-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
२८४७६
लिङ्ग
पुरुष
हालको पद
सचिव, नेकपा एमाले
शैक्षिक योग्यता

नेकपा एमालेका सचिव गोकर्णराज बिष्टको जन्म विसं २०२२ साल असार १७ गते गुल्मी जिल्लाको दोहली गाविस ३ मा भएको हो । भीमबहादुर बिष्ट र चिन्तकला बिष्टका छोरा गोकर्णराज बिष्टले २०३५ सालदेखि राजनीति सुरु गर्नुभएको हो ।
२०४० सालमा लोकसेवा आयोगमा नाम निकालेका बिष्ट तत्कालीन अञ्चलाधीश काजीमान कन्दङ्वासँग जागिरको पहिलो दिन नै विवाद परेपछि सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएर लाग्नुभएको थियो ।


२०४३ सालमा पार्टी सदस्यता लिएका बिष्ट अनेरास्ववियूको काठमाण्डौ र वाग्मती अञ्चल अध्यक्ष, केन्द्रीय समितिमा संगठन विभाग, शैक्षिक विभाग, रचनात्मक विभाग, प्रचार प्रसार विभाग प्रमुख भएर काम गर्नुभयो ।
उहाँ २०५० सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ नेपाल) को केन्द्रीय कमिटीमा रहेर काम गर्नुभयो । ०५३ मा प्ररायूसंघको महासचिव बनेका बिष्ट २०५७ देखि दुई कार्यकाल त्यसको अध्यक्ष हुनुभयो ।


नेकपा एमालेको केन्द्रीय सदस्य, पार्टीको बुद्धिजीवि परिषदको इन्चार्जसमेत भइसक्नु भएका विष्ट अहिले भने सचिव हुनुहुन्छ । बिष्टले पार्टीको स्थानीय विभाग, विद्यार्थी र युवा फाँटको इञ्चार्ज भएर समेत काम नेकपा एमालेका केन्द्रीय सदस्य बनेर काम गर्नुभयो । जलश्रोत तथा श्रममन्त्रीसमेत भएका बिष्टले २०७४ सालको चुनावमा गुल्मी क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको हो ।