ठाकुर प्रसाद गैरे

प्रतिनिधिसभा सदस्य
पाल्पा-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५४
प्राप्त मत
२८६४५
लिङ्ग
पुरुष
हालको पद
पोलिट्ब्युरो सदस्य
शैक्षिक योग्यता

नेपाली भूमि अतिक्रमण हुँदा कालापानी मार्च पास र सुस्ता महेशपुरमा प्रदर्शनको नेतृत्व गर्ने बराङदी पाल्पाका ठाकुर गैरे राष्ट्रिय राजनीतिमा सधै चर्चामा हुनुहुन्छ । कर छल्ने एनसेल प्रकरणमा खरो उत्रिएर भ्रष्टाचार विरोधी अभियानको अगुवाई गर्ने नेताका रुपमा पनि उहाँलाई चिनिन्छ । 
पाल्पाको बगनासकाली गाउँपालिका ८ बराङदी (साविक बराङ्दी गाविस ८ बेलौतीखरक) मा २०२५ साल जेठ ६ गते आमा मोनिकर्ण गैरे र बुवा शोभाकर गैरेको साहिँलो छोराका रुपमा जन्मनुभएको हो । गैरेका ४ दाजुभाइ, ४ दिदीबहिनी, १ छोरा र १ छोरी छन् । सामान्य परिवारमा जन्मनुभएका गैरेको विद्यार्थी राजनीति, राष्ट्रिय राजनीति र सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको छ ।
गैरेले माध्यमिक तहको शिक्षा बेद मावि बराङ्दीबाट पूरा गर्नुभयो । विद्यालय स्तरमा रहँदा नेपाल स्काउट, नेपाल रेड्क्रस सोसाइटी, परोपकार संघ नेपाल जस्ता संस्थामा संलग्न भइ २०४७ सालमा तत्कालीन नेकपा मालेको संगठित सदस्यता लिएपछि राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ । 
त्रिभुवन बहुमुखी क्याम्पसमा रहँदा स्वतन्त्र विद्यार्थी युनियनमा २०४९ र २०५१ मा स्ववियुको सचिवमा निर्वाचित हुनुभएको गैरे २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष, २०५३ सालमा केन्द्रीय कमिटि सदस्य, केन्द्रीय कमिटिको सचिवालय, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 
नेकपा एमालेको बुटवलमा सम्पन्न आठौ महाधिवेशन र नवौ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र दशौं राष्ट्रिय महाधिवेशनबाट पुन: केन्द्रीय कमिटि सदस्यमा विजयी हुुनुभयो । उहाँ अहिले नेकपा एमालेको पोलिट्ब्युरो सदस्य हुनुहुन्छ ।