सर्वेन्द्र नाथ शुक्ला

प्रतिनिधिसभा सदस्य
रुपन्देही-४

(विजयी)

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७२
प्राप्त मत
२८०००
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
मेकानिकल इन्जिनियरिङमा स्नातक

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाको जन्म २००६ साल पुस १५ गते फरेना –८, जिगिना रुपन्देहीमा भएको थियो । २०६६ सालमा शिक्षामन्त्री भएका शुक्लाले मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ ।
२०४७ सालमा कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उहाँ पहिले राष्ट्रिय जनता पार्टी (राजपा) को वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अहिले भने उहाँ लोसपाको नेता हुनुहुन्छ । 
२०५१ सालमा रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा रुपन्देही ६ बाट संविधानसभा सदस्यमा निर्वाचित शुक्ला २०७४ सालको संसदीय चुनावमा रुपन्देही ४ बाट उम्मेदवार बने पनि जित हासिल गर्न सक्नु भएन ।