शंकर पोख्रेल

प्रतिनिधिसभा सदस्य
दाङ-२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५९
प्राप्त मत
२६६८७
लिङ्ग
पुरुष
हालको पद
महासचिव, नेकपा एमाले
शैक्षिक योग्यता
स्नातकोत्तर

नेकपा एमालेमा महासचिव शङ्कर पोखरेल लुम्बिनी प्रदेशका प्रथम तथा पूर्व मुख्यमन्त्री हुनुहुन्छ । प्रदेशसभा निर्वाचन २०७४ मा त्यसबेला नेकपा एमालेका स्थायी कमिटी सदस्य पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित हुनु भएको थियो । 
दाङमा जन्मिएका उहाँ समानुपातिक तर्फबाट नेकपा एमालेका सभासद समेत हुनु भएको थियो । २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुनु भएको थियो । उहाँ २०५६ मा पनि त्यसै क्षेत्रका उम्मेदवार हुनुहुन्थ्यो । 
विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि राजनीतिमा संलग्न उहाँ पहिलोपटक २०३७ सालमा जेल पर्नु भएको थियो । पटकपटक गरी एक वर्ष जेल जीवन बिताएका पोखरेल एमालेका केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । 


उहाँले अनेरास्ववियु अध्यक्ष (२०४७–५०), पार्टीको राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी समेत निर्वाह गरिसक्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नु भएका पोखरेलका २ छोरी छन् ।
उहाँ पूर्व सञ्चारमन्त्रीसमेत हुनुहुन्छ । अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोखरेललाई पार्टीभित्र बौद्धिक नेताका रुपमा पनि चिनिन्छ ।


विक्रम संवत २०१९ सालमा तुलसीपुर उपमहानगर वडा नम्बर १९ हाडिमेमा जन्मिएका शंकर पोखरेल २०५१ सालमा दाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित भइ पहिलो पटक प्रतिनिधि सभाका सदस्य बन्नु भएको थियो ।
२०७० सालमा भएको संविधान सभाका चुनावमा दाङ जिल्लाको क्षेत्र नम्बर ४ पराजय भोग्नु भएको थियो । २०७४ सालमा भने उहाँ दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभाको सांसद बन्नुभयो ।
कुनै बेला मदनकुमार भण्डारीसँग निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी समेत वहन गर्नु भएको थियो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका शंकर पोखरेलको वैचारिक तथा राजनीतिक क्षमता र संजठनात्मक कार्यकुशलता उदाहरणीय मानिन्छ ।