मोहम्मद इश्तियाक राई

प्रतिनिधिसभा सदस्य
बाँके-२

जनता समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४२
प्राप्त मत
२३५२०
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
स्नातकोत्तर

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता मोहम्मद इश्तियाक राईको जन्म साइगाउँ ४ बाँकेमा २०३६ सालको कात्तिक १६ गते भएको हो । २०५१ सालमा राप्रपाबाट राजनीति सुरु गरेका राईले स्नातकोत्तर गर्नुभएको छ ।
नेहरु स्मारक इन्टरकलेज रुपैडियाबाट एसएलसी दिएका राईले रामजानकी इन्टरकलेज रुपैडियाबाट आइएस्सी गर्नुभयो । क्रिस्चियन डिग्री कलेज लखनउबाट बिएस्सी गरेका राईले लर्डबुद्ध कलेज भारतबाट स्नातकोत्तर गर्नुभएको हो ।
२०६४ सालमा बाँके क्षेत्र नं २ बाट निर्वाचित राई २०६८ सालमा श्रम मन्त्री हुनुभएका राई २०७० सालको चुनावमा भने यसै क्षेत्रबाट पराजित हुनु भयो । तर, राईले २०७४ को चुनाव भने जित्नुभयो ।