ऐन बहादुर महर

प्रतिनिधिसभा सदस्य
बझाङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
३९
प्राप्त मत
२७४१२
लिङ्ग
पुरुष
हालको पद
महासचिव, नेकपा एमाले /केन्द्रिय संयोजक, अनेरास्वीयु
शैक्षिक योग्यता

सुदूरपश्चिको पहाडी जिल्ला बझाङमा बुवा रामबहादुर महर र आमा रतना देवी महरको कोखबाट वि.स.२०४० साल असार २७ गते ऐन महरको जन्म भएको हो । उच्च शिक्षाको लागि अमृत साइन्स क्याम्पसमा भर्ना भएदेखि नै उहाँ अखिलको राजनीतिमा लाग्नु भयो ।

वि.स. २०६३ सालमा तत्कालीन अखिलको १८ औं राष्ट्रिय सम्मेलनमा सदस्य समेत जित्न नसकेका महरले २०६५ को १९ औं राष्ट्रिय सम्मेलनमा केन्द्रिय सदस्य जित्नुभयो भने त्यसै गरि २० औं र २१औं राष्ट्रिय सम्मेलनमा क्रमशः अत्याधिक मतले सचिवालय सदस्य र उपाध्यक्ष हुनुभयो । यस्तै २२ औं राष्ट्रिय सम्मेलनमा महासचिव बन्नुभएको थियो । महर अनेरास्वीयुका केन्द्रिय संयोजक पनि हुनुहुन्छ ।