सागर ढकाल

प्रतिनिधिसभा सदस्य
डडेल्धुरा

स्वतन्त्र

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
३१
प्राप्त मत
१३०४२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

पाँच वर्ष पहिले बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालयमा पढ्नुभएको प्रधानमन्त्री हामीले कहिले पाउँछौँ ?’ भन्ने प्रश्न गरेर चर्चामा आएका सागर ढकाल पेसाले इन्जिनियर हुनुहुन्छ । गुल्मी घर भएका सागरले अहिले देउवाकै प्रतिष्पर्धी भएर डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

उहाँ ४० वर्षमुनिका व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भन्ने मूल एजेण्डा बोकेर प्रतिनिध सभा चुनावी दौडमा हुनुहुन्छ । पुल्चोकबाट इन्जिनियरिङमा स्नातक गर्नुभएका उहाँले अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गर्नुभएको छ । उहाँसित चीन सुडान लगायत विश्वका विभिन्न देशमा काम गरेको अनुभव पनि छ ।