Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

414_Desh Paradesh 2020-06-02

कार्यक्रम देश परदेशको ४१४ औं अंक विदेशबाट फर्कनले समुदायबाट भोग्न परेको व्यवहार र विदेशबाट फर्कनलेलाई गाउँ समाजमा हुने विभेद कम गर्न पालिका र केन्द्र सरकारले गरिरहेको काममा केन्द्रित छ । कार्यक्रममा कोरोना सङ्क्रमण देखिन थालेकै बेला दुई महिना अघि कतारबाट घर फर्केका काभ्रेका महेश्वर नेपालको अनुभव सुन्न सकिन्छ  । चैत ४ गते बेल्जियमबाट बागलुंग फर्केपछि कोरोनाको उपचार गरि घर फर्केकी ६५ वर्षिया मनकुमारी पौडेलले कोरोना जित्नुअघि र पछि गाउँघरमा भोग्न परेको व्यवहार कार्यक्रममा समावेश छ  । समुदायमा विदेशबाट फर्किएकाहरुले भोगेको समस्या र समाधानका लागि गरिरहेका कामबारेमा रुपन्देही र उदयपुरका केही पालिकाको अनुभवसहितको रिपोर्ट कार्यक्रममा सुन्न सकिन्छ । अनि, विदेशबाट फर्कनेलाई समुदाय स्तरमा गरिने हेला र भेदभाव कम गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले के गरिरहेको छ त रु
 स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा सुचना तथा सञ्चार केन्द्रका प्रमुख कुन्ज जोशीसँगको कुराकानी सुन्न सकिन्छ । साथमा छन् परदेशीले सोधेका प्रश्न र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेको जवाफ पनि ।