कम्पनको बारेमा अध्ययन गर्न मङ्गल ग्रहमा ‘इनसाईट’ यान प्रक्षेपण

 बैशाख २४, २०७५ सोमबार ९:४८:४८ | उज्यालो सहकर्मी

वैशाख २३ – अमेरिकी अन्तरीक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । 

 

यो यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने पहिलो यान हो । यो यानले मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण ’साईज्मोमिटर’हरूका साथै विभिन्न सेन्सरहरू जडान गर्नेछ । 

ती कम्पनहरूले जमिनमूनि रहेको चट्टान कसरी पत्र–पत्रमा बनेको छ भन्ने खुलासा गर्नेछ र त्यो तथ्याङ्क साढे ४ अर्ब वर्षअघि ग्रहहरू कसरी बने भन्ने विषयमा थप कुराहरू पत्ता लगाउन मद्दत हुनेछ । 

‘इनसाईट’का प्रमुख अनुसन्धानकर्ता डा. ब्रुस ब्यानर्ट भन्छन्, 'कम्पनयुक्त तरङ्गहरू मंगल ग्रह हुँदै अघि बढ्दा तिनले सूचना लिनेछन् । र साईज्मोग्राममा देखिने ती सबै तरङ्गहरूबाट विवरण कसरी निकाल्ने भनेर वैज्ञानिकहरूले बुझ्नेछन् । सबै दिशाहरूबाट ‘मार्सक्वेकहरू’ लिएपछि हामीले मंगलग्रहभित्रको थ्री–डी दृश्य सँगै राख्न सक्नेछौँ ।'
 
-एजेन्सीको सहयोगमा 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया