पाेखराकाे पृथ्वीचोक क्षेत्र फेरि अस्तव्यस्त

 जेठ ३०, २०८१ बुधबार १५:२१:१० | रासस
unn.prixa.net

कास्की – जथाभाबी गाडी पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र अस्तव्यस्त बनेको छ । गएको साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्ष दिन नपुग्दै नियम उल्लङ्घन भएको हो ।

पर्यटकीय राजधानीसमेत रहेको पोखराको अति व्यस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो । पार्किङ हटेपछि केही समय याे क्षेत्र शान्त र खुला देखिएको थियो । तर अहिले पृथ्वीचोक पहिलेकै अवस्थामा पुगेको छ ।

पोखरामा बसपार्क बनाउन २०३२ सालमै जग्गा अधिग्रहण भएको भए पनि निर्माण भएको छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अनुसार पोखरासँग ६३ वटा जिल्लाको यातायात सञ्जाल जोडिएको छ ।

बसपार्कमा ढलान, पार्किङ ट्र्याक, यात्रु विश्राम कक्ष, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको छ । बसपार्क व्यवस्थित नहुँदा गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउन्टर पनि सडक किनारमा छन् ।

अन्तिम अपडेट: साउन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया