अर्ग्यानिक उत्पादनकाे बजारीकरणका लागि पालिका र जनता एग्रो एन्ड फरेस्ट्रीबीच सम्झाैता

 जेठ ३०, २०८१ बुधबार १५:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीका सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकाले पालिकाको अर्ग्यानिक उत्पादन बिक्रीका लागि जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड काठमाण्डाैसँग सम्झौता गरेका छन् ।

बिक्री सम्झौतासँगै किसानले उत्पादन गरेका अर्ग्यानिक वस्तुको बजारीकरणमा समस्या नहुने आशा बढेको छ । सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कृषि उपज वस्तु कम्पनीले उचित मूल्यमा खरिद गर्ने जानकारी दिनुभयो ।

किसानको आयआर्जनमा वृद्धि, अर्ग्यानिक खेती, विभिन्न उत्पादन प्रक्रिया र बजारीकरणमा जोड्ने गरी कम्पनीले काम गरिरहेको जनता एग्रो फरेस्ट्रीका अध्यक्ष पवनकुमार गोल्यानले बताउनुभयो । कम्पनीले दुई पालिकामा समूहमार्फत उत्पादन भएका अदुवा, बेसार, टिमुर, कफी, दाते ओखर, छुर्पी, गाईको घिउ खरिद गर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया