युरो कप फुटबलमा आयोजक जर्मनीको विजयी सुरुवात

 असार १, २०८१ शनिबार ६:१०:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आयोजक जर्मनीले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति एरिना म्युनिखमा भएको उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डलाई ५–१ गोलले हरायो । जर्मनीका फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भट्ज, निकलस फुलक्रग र एम्री क्यानले गोल गरे । स्कटल्यान्डले एक गोल उपहार पायो ।

खेलको ४४ औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्समा गुन्डोगानलाई खराब ट्याकल गरेपछि रेफ्रीले रायन पोर्टेअसलाई रातो कार्ड दिएका थिए । जितसँगै जर्मनीले समूह ‘ए’ मा ३ अङ्क जोडेको छ ।

युरो कप फुटबलमा आजराति हङ्गेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानिया खेल्दैछन् । १७ औँ संस्करणको युरोकप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा आयोजक जर्मनीसहित, स्कटल्यान्ड, हङ्गेरी र स्वीट्जरल्यान्ड छन् । यस्तै समूह ‘बी’ मा स्पेन, क्रोएसिया, गएको संस्करणको विजेता इटाली र अल्बानिया छन् । समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङ्ग्ल्यान्ड छन् । यसैगरी समूह ‘डी’मा पोल्यान्ड, नेदरल्यान्ड्स, अस्ट्रिया र फ्रान्स छन् ।

समूह ‘ई’मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन छन् । समूह ‘एफ’मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक छन् । देश एकीकरण भइसकेपछि जर्मनीमा पहिलो पटक युरो कप आयोजना भएको हो । यसअघि सन् १९८८ मा पश्चिम जर्मनीमा यो प्रतियोगिता भएको थियो । जर्मनी युरो कपको सबैभन्दा सफल टिममध्ये एक हो ।

जर्मनीले सन् १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो । यस्तै स्पेनले पनि सन् १९६४, २००८ र २०१२ मा गरी तीन पटक उपाधि जितेको थियो । यसैगरी गएको संस्करणको विजेता इटाली र फ्रान्सले समान दुई पटक उपाधि जितेका छन् ।

अन्तिम अपडेट: असार ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया