४ खेलकाे टी–२० शृङ्खला खेल्न भारत नोभेम्बरमा दक्षिण अफ्रिका जाने

 असार ७, २०८१ शुक्रबार १८:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

काठमाण्डाै – भारत र दक्षिण अफ्रिकाबीच आउँदो नोभेम्बरमा ४ वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । आउँदो नोभेम्बरमा टी–२० शृङ्खलाका लागि दक्षिण अफ्रिका जाने क्रिकेट साउथ अफ्रिका र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

तालिकाअनुसार पहिलो खेल नोभेम्बर ८ मा डर्बनमा, दोस्रो खेल नोभेम्बर १० मा गेब्रेहा, तेस्रो खेल नोभेम्बर १३ मा सेन्चुरियन र चौथो तथा अन्तिम खेल नोभेम्बर १५ मा जोहनेसबर्गमा हुनेछ ।

गएको वर्ष भारत दक्षिण अफ्रिका जाँदा पहिलो खेल वर्षाका कारण प्रभावित हुँदा ३ खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।

यो शृङ्खलाअघि जुलाईमा भारत ५ खेलको टी–२० शृङ्खला खेल्न जिम्बावे जानेछ । यस्तै यो वर्षको अन्त्यतिर ५ खेलको टेस्ट क्रिकेट शृङ्खला खेल्न भारत अस्ट्रेलिया जानेछ ।

अन्तिम अपडेट: साउन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया