काठमाण्डौका यी ठाउँमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने

 असार ८, २०८१ शनिबार १०:५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाण्डौको मातातीर्थ सबस्टेशनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

मर्स्याङ्दी काठमाण्डौ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित सबस्टेशन अटोमेशन सिस्टमलाई शटडाउनमा राखी काम गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेशनबाट आपूर्ति भइरहेको ठाउँमा बिजुली प्रभावित हुने भएको हो ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा भोलि आइतवार पनि विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले सूचना निकालेर जानकारी दिएको छ ।

अन्तिम अपडेट: साउन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया