काठमाण्डौको टुँडीखेलमा सेनाको हर्षबढाइँ कार्यक्रम
असोज २४, २०८१ बिहिबार
काठमाण्डौ – टाटा मोटर्सको ‘एक्सप्रेस–टी’ विद्युतिय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ । ग्राहकको सुविधा, सेवा सञ्जाल विस्तार र सेवालाई परिस्कृत गर्नका लागि खाडीचौरमा चार्जिङ्ग स्टेसन थप गरिएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्स को ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन्। नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो ।
एक्सप्रेस–टी’ मा १ वर्षको गाडीको बिमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिङ्ग, साथै एक लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ । त्यस्तै खाडीचौर,बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ ।
अब छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया शुरु भइसकेको कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।