भ्रष्टाचारका फाइल खोल्ने काम गर्दा सरकार छोड्नुपर्याे : प्रचण्ड
भदौ ३०, २०८१ आइतबार
युक्रेनको आक्रमणपछि रुसले कुर्स्क क्षेत्रमा आपत्काल घोषणा गरेको छ । हिजोदेखि युक्रेनी सेनाले गरिरहेको दुलर्भ सीमापार आक्रमण जारी रहेपछि रुसले आपत्कालको घोषणा गरेको हो ।
रुसी अधिकारीहरूले आक्रमण शुरू भएदेखि कम्तीमा पाँच जनाको ज्यान गएको र ३१ जना घाइते भएको बताएका छन् जसमध्ये ६ जना बालबालिका छन् ।
युक्रेन अहिलेसम्म आफ्नै क्षेत्रमा रक्षात्मक रहेकोमा हिजोदेखि रुसको भूमिमा आक्रमण गर्नुलाई निकै महत्त्वका साथ हेरिएको छ । कुर्स्कका कार्यवाहक क्षेत्रीय गभर्नर अलेक्सी स्मिर्नोभले शत्रुसँगको लडाइँका लागि नागरिकलाई घरबाहिर निस्कन रोकिएको र आपत्कालको घोषणा गरिएको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।
युक्रेनलाई जवाफ दिने भन्दै रुसले एक हजार जना सैनिक, ११ वटा ट्याङ्क र २० वटाभन्दा धेरै बख्तरबन्द गाडी कुर्स्क क्षेत्रमा खटाएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि रुसी भू–भागमा युक्रेनी आक्रमण अत्यन्तै दुर्लभ हुने गरेको छ । हिजो बेलुका नै युक्रेनी सांसद ओलेक्सी होन्चारेन्कोले युक्रेनी सेनाले सुडजा ग्यास हबमाथि नियन्त्रण कायम गरेको बताएका छन् । यो ग्यास हब युक्रेन हुँदै रुसबाट ईयूमा प्राकृतिक ग्यासको निर्यातमा प्रयोग हुन्छ जुन युद्धको बाबजुद पनि जारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।